नेप्से झिनो अंकले बढ्याे, कारोबार रकम २१ अर्ब माथि


काठमाडौं । साताको कारोबारको पहिलो दिन सेयरबजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सेयर मापक सूचक नेप्से परिसूचक ०.३२ अंकले बढेर २८७०.९५ मा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ५ ओटा उपसमुह बढेका छन् भने ८ ओटा उपपमुह घटेका छन् ।

आइतबार नेपाल रिइन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ९८ करोड ५५ लाख बढिको कारोबार भएको छ ।
आजको दिन उन्नती सहकार्य लघुवित्त र सान्भी इनर्जी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी दुवै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।

कुल ३१७ कम्पनीको ५ करोड १६ लाख ५८ हजार ३८५ कित्ता सेयर किनबेच हुँदा २१ अर्ब ४६ करोड ४९ लाख बढिको कारोबार भएको नेप्सेले जनाएको छ ।