काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले राज्यका निकायहरूबाटै व्यापक रूपमा मानव अधिकार उल्लङ्घन भइरहेको टिप्पणी गरेकी छन् ।
आइतवार प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसद गौतमले यस्तो टिप्पणी गरेकी हुन् । सामाजिक सञ्जालमा टिप्पणी गरेका आधारमा पक्राउ गरेर अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कार्य भइरहेको उनको भनाइ छ ।
सांसद गौतमले पछिल्लो समय देखिएका मानव अधिकार उल्लङ्घनसम्बन्धी कुराहरू मानव अधिकारको प्रतिवेदनमा समेट्नुपर्ने बताइन् । सांसद गौतमले न्यायिक हिरासतमा परेका व्यक्ति पुनः प्रहरीले हिरासतमा राख्ने अभ्यासप्रति आपत्ति जनाइन् । उक्त अभ्यास नेपालबाहेक अन्यत्र नरहेको उनको जिकिर छ ।
उनले मानव अधिकार उल्लङ्घन रोक्न आवश्यक कानूनी सुधार गर्न पनि आग्रह गरिन् ।
प्रतिक्रिया दिनुहोस्