एमाले केन्द्रिय कमिटीको बैठक सुरू, यी हुन् छलफलका विषय


काठमाडाैँ । सत्तारुढ दल नेकपा एमालेको केन्द्रिय कमिटी बैठक सुरू भएको छ ।

सोमवार पार्टी केन्द्रिय कार्यालय च्यासलममा बैठक सुरू भएको हो । बैठकमा दोस्रो विधान महाधिवेशनमा प्रश्तुत हुने राजनीतिक प्रतिवेदनको अवधारणासहित पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक विषयमा सम्बोधन गर्नेछन् ।

साथै भदौ २० देखि २२ गतेसम्म हुने दोस्रो विधान महाधिवेशनको तयारीमा केन्द्रित छलफल, पोलिटब्युरो बैठकले अनुमोदन गरेको विधान संशोधन प्रस्तावलाई उपाध्यक्ष विष्णुप्रसाद पौडेलले केन्द्रिय कमिटीको बैठकमा प्रस्तुत गर्नेछन् ।

त्यस्तै विधान महाधिवेशनमा प्रस्तुत गरिने संगठनात्मक प्रस्तावकाे सन्दर्भमा महासचिव शंकर पोखरेलले वडा केन्द्रित अभियान, सदस्यता नविकरण, प्रतिगमनकारी क्रियाकलाप विरुद्धको जागरण अभियान र स्थानीय कमिटीहरूको अधिवेशन लगायतका बारेमा बैठकलाई जानकारी गराउने कार्यसूचि रहेको छ ।

केन्द्रिय कार्यालयको जिम्मा रहेको विधान महाधिवेशनको तयारी र अन्य व्यवस्थापनसम्बन्धी जानकारी केन्द्रिय कमिटीको बैठकमा प्रश्तुत हुने बताइएको छ ।

साथै समसामयिक राजनीतिका विषयमा पनि छलफल हुनेछ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा सक्रिय राजनीतिमा फर्काउने वा नफर्काउने भन्ने निर्णय पनि केन्द्रिय कमिटीले गर्ने बताइएको छ । बैठक सोमवार र मंगलवार गरी दुई दिन चल्नेछ ।