काठमाडौँ । नेपाल राष्ट्र बैंकले ‘रेगुलेटरी स्याण्ड बक्स’ सञ्चालनमा ल्याउने भएको छ । आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमा रेगुलेटरी स्याण्ड बक्स सञ्चालनमा ल्याउने उल्लेख गरेको छ ।
राष्ट्र बैंकले भुक्तानी प्रणालीलाई थप सबल, सक्षम र सुरक्षित बनाउन यस क्षेत्रमा हुने नवीन अभ्यास तथा नवप्रवर्तन प्रवद्र्धन गर्न रेगुलेटरी स्याण्ड बक्स सञ्चालनमा ल्याइने उल्लेख गरेको हो ।
प्रविधिमा नयाँ नयाँ विकास हुँदै गएपछि राष्ट्र बैंकले रेगुलेटरी स्याण्डबक्स सञ्चालनमा ल्याउने तयारी गरेको हो ।
राष्ट्र बैंकका निर्देशक सुवासचन्द्र घिमिरेले रेगुलेटरी स्याण्डबक्सले नवप्रवर्तन (इन्नोभेसन) भएपछि लाइसेन्सिङको प्रकृयामा जानुभन्दा अगाडी नियामकले वातावरण बनाएर जाँच गर्ने रहेको बताए ।
उनले भने, “नियामकले एउटा वातावरण बनाएर प्रविधिको जाँच गर्ने गर्छ । यसमा कतिपय अवस्थामा लाइसेन्स पाएपछि आइडिया सफल नभएपछि संस्था फेल हुने अवस्था नआओस् भनेर नियामकले पहिला नै जाँच गर्ने वातावरण दिन्छ । कति समय जाँच गर्ने भन्ने हुन्छ । त्यसमा सफल भएपछि लाइसेन्सिङको प्रकृयामा जान्छ ।”
यसमा कम्पनीहरको पर्यवेक्षकको रुपमा राष्ट्र बैंकको भुक्तानी प्रणाली विभाग रहनेछ । जस अन्र्तगत नवप्रवद्र्धन कम्पनीहरूले नियामकको पर्यवेक्षण अन्तर्गत नवीन उत्पादनहरू, सेवाहरू वा व्यापार मोडेलहरूको परीक्षण गर्न सक्नेछन् । नयाँ सोच र प्रविधिहरूको सुरक्षितरुपमा काम गर्नको वातावरण बनाउने गर्छ ।
यसले नवप्रवर्तनलाई बढावा दिन र छिटो परिवर्तन हुने प्राविधिक कुराहरुलाई त्यस अनुकुल बनाउन यसले मद्दत गर्नेछ ।
यसलाई अहिले राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले हेर्ने गरी यहि आर्थिक वर्षभित्र सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्