सेयर बजारका लगानीकर्ता दिपेन्द्र अग्रवाल पक्राउ


काठमाडौं । सेयर लगानीकर्ता दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । काठमाडौं जिल्ला प्रहरी परिसरले अग्रवाललाई सोमबार टोखाबाट पक्राउ गरेको हो ।

पछिल्लो समय अग्रवालको एक ब्रोकर कम्पनीसँग कारोबारसम्बन्धी विवाद थियो । सोही विवादमा ब्रोकर कम्पनीले दिएको उजुरीको आधारमा धोकापूर्ण कारोबारको कसुरमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीको दाबी छ ।

अग्रवालले सेयर कारोबार मार्फत लगानीकर्ता तथा धितोपत्र दलाल कम्पनीलाई ठगी गरेको विषयमा उजुरी परेपछि नेपाल धितोपत्र बोर्डले समेत अनुसन्धान गरेर कारबाही गर्ने प्रक्रिया अघि बढाएको थियो ।