राष्ट्रिय परिचयपत्रको सेवा आंशिकरुपमा अवरुद्ध


काठमाडौँ । राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीको सेवा सेवाहरू आंशिकरुपमा अवरूद्ध भएको छ ।

नियमित मर्मत सम्भार तथा क्षमता विस्तारको कार्य भइरहेकोले मर्मत कार्य पुरा नभएसम्म विभाग सम्बद्ध विभिन्न सेवाहरू आंशिक रुपमा अवरूद्ध भएको जनाएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले मर्मतको कार्य सम्पन्न भएपछि सेवा प्रवाह सूचारू हुने उल्लेख गरिएको छ ।

विभागले राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन र वितरणको काम अफलाईन गर्न सकिने भएकोले सोही बमोजिम गर्ने गराउने व्यवस्था हुन सबै राष्ट्रिय परिचयपत्र सेवा इकाईहरूलाई जानकारी गराएको छ ।

सेवाग्राही सर्वसाधारणहरुलाई सहयोग गर्न विभागले अनुरोध गरेको छ ।अफलाईन मार्फत् राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गराएका सेवाग्राहीहरूलाई अनलाईन सेवा सूचारू भएपछि राष्ट्रिय परिचय नम्ब एसएमएस मार्फत पाउने उल्लेख गरिएको छ ।

अवरूद्ध हुने सेवाहरूः

क. अनलाईन मार्फत् राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन तथा कार्ड वितरण सेवा,

ख. राष्ट्रिय परिचयपत्रको विवरण सच्याउने सेवा,

ग. जन्म दर्ता गर्दाका बखत राष्ट्रिय परिचय नम्बर प्राप्त हुने सेवा,

घ. सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरूको नाम दर्ता तथा नवीकरणका क्रममा राष्ट्रिय परिचय नम्बर÷जैविक विवरणवाट प्रमाणीकरणसेवा,

ङ. राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालसँग अन्तरआवद्धता भएका अन्य सार्वजनिक सेवाहरू।