काठमाडाैँ । जिल्ला कैलालीस्थित डिभिजन वन कार्यालय, धनगढीका बरिष्ठ वन अधिकृत पूर्णशंकर यादव ७ लाख ३१ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कञ्चनपुर कार्यालयबाट खटिएको टोलीले यादवलाई सोमबार घुससहित नियन्त्रणमा लिएको हो।
चुरे गाउँपालिका–६ स्थित ग्वासी सामुदायिक वनको घाटगद्दी गरिएको काठको बिमर्का र छोडपूर्जी उपलब्ध गराइदिने क्रममा सेवाग्राहीसँग माग गरिएको घुस लिइसकेको अवस्थामा यादवलाई नियन्त्रणमा लिइएको आयोगले जनाएको छ।
आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार यादवलाई डिभिजन वन कार्यालय, धनगढीबाटै नियन्त्रणमा लिइएको हो। हाल उनीमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस्