मंगलबार कति छ सुनचाँदीको मूल्य ?


काठमाडौँ । मंगलबार छापावाल सुनको मूल्य तोलामा एक हजार ८०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख ९३ हजार ७०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य मंगलबार एक हजार ८०० रुपैयाँले बढेर एक लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले बढेर २ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको छ ।