अण्डाको मूल्य बढ्यो, प्रतिक्रेट कति ?


काठमाडौैँ । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको मूल्य बढाएकाे छ। संघको साउन ४ र ५ गते सम्पन्न भौतिक तथा भर्चुअल बैठकको निर्णयअनुसार आज (मंगलबार) देखि नयाँ मूल्य लागू भएको छ ।

संघले चितवन जिल्लालाई आधार मानी ठुलो र मध्यम अण्डाको मूल्य निर्धारण गरेको हो।

तोकिएको मूल्यअनुसार १३.६ देखि १३.८ केजी तौल हुने ठुलो अण्डाको प्रतिक्रेट मूल्य ५२५ रुपैयाँ निर्धारण गरिएको छ भने १२.६ देखि १२.८ केजी तौल हुने मध्यम अण्डाको प्रतिक्रेट मूल्य ४९५ रुपैयाँ कायम गरिएको छ।

संघले निर्धारण गरेको यस मूल्यलाई आधार मानी सम्पूर्ण अण्डा व्यवसायमा कारोबार गर्न अनुरोध गरेको छ। चितवनबाट लोड भई देशभर अण्डा डिपोहरूमा पुर्‍याउँदा भाडा, कार्टुन र क्रेटसहित प्रति पेटी १३० रुपैयाँ अतिरिक्त लाग्ने जानकारी पनि संघले दिएको छ।