काठमाडौँ। आर्थिक वर्ष २०८१/८२ मा सिन्धु विकास बैंक लिमिटेडको खुद नाफा २८७.६० प्रतिशतले बढेको छ ।
बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को अपरिष्कृत वित्तीय विवरण अनुसार बैंककोे नाफा २८७.६० प्रतिशतले बढेको देखिएको छ ।
बैंकले गत आर्थिक वर्षमा ११ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । आर्थिक वर्ष २०८०/८१ मा बैंकले ३ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ३०.१४ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षमा १९ करोड १४ लाख ५२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले गत आर्थिक वर्षमा १३ करोड ३७ लाख ५२ हजार रुपैयाँमात्र आम्दानी गरेको छ । खुद फि तथा कमिशन आम्दानी ३४.५३ प्रतिशतले घटेको छ ।
बैंकको खराब कर्जा घटेको छ , अघिल्लो आर्थिक वर्षमा १०.६३ प्रतिशत रहेको खराब कर्जा गत आर्थिक वर्षमा ६.०३ प्रतिशतमा झरेको छ ।
चुक्ता पूँजी ५५ करोड ७४ लाख रुपैयाँ रहेको यस बैंकको प्रतिशेयर आम्दानी २१.१५ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ ८६.७० प्रतिशत रहेको छ।
बैंकको निक्षेप ३.५८ प्रतिशत र कर्जा ९.३४ प्रतिशतले घटेको छ।
प्रतिक्रिया दिनुहोस्