काठमाडौँ । नबिल बैंक लिमिटेडले ‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ ऋणपत्रको बिक्री खुला गरेको छ।
बैंकले वार्षिक ब्याजदर ७ प्रतिशत दिनेगरी प्रति कित्ता एक हजार रुपैयाँ दरको कुल ३० लाख कित्ताअर्थात् ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र विक्री खुला गरेको हो । बैंकले ८ वर्ष अवधिको लागि ऋणपत्र जारी गर्न लागेको हो ।
३० लाख कित्तामध्ये १८ लाख कित्ता अर्थात एक अर्ब ८० करोड रुपैयाँ बराबर मूल्यको निजी तवरबाट संस्थागत लगानीकर्तालाई बिक्री गरिने भएको छ भने १२ लाख कित्ता अर्थात एक अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणका लागि खुला गरिएको जनाइएको छ। सर्वसाधारणका लागि छुट्याइएकोमध्ये ६० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ।
यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्तासम्म छिटोमा साउन ९ गते र सो अवधिमा पर्याप्त आवेदन नपरेमा साउन २० गतेसम्म आवेदन दिन सकिने जनाइएको छ।
ऋणपत्रको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।
प्रतिक्रिया दिनुहोस्