काठमाडाैँ । नेपाली काँग्रेसका सांसद नारायणदत्त भट्टले नागरिकको आधारभुत आवश्यकता पूरा गर्ने कुरामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रिय सभाको मंगलवारको बैठकमा बोल्दै सांसद भट्टले विपद्जन्य घटना बढिरहेको उल्लेख गर्दै नागरिकको गास, बास र कपासको व्यवस्थामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका हुन् ।
उनले मधेस प्रदेशमा खानेपानीको हाहाकार भएको उल्लेख गर्दै मधेसवासीलाई खानेपानी उपलब्ध गराउन पनि माग गरे ।सांसद भट्टले राष्ट्रिय सभा सदस्यहरूको भूमिका र उमेरलाई लिएर प्रश्न उठ्ने गरेको उल्लेख गर्दै यस्तो नगर्न चेतावनी दिए ।
उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि सभा सांसद ज्ञानबहादुर शाहीलाई लक्षित गर्दै काट्टो खाएको मान्छेले पिण्ड के हो भन्ने कुरा नबुझ्ने टिप्पणी गरे । उनले परिवर्तन र आन्दोलन केही नदेखेकाहरूले गृहमन्त्रीको राजीनामा मागिरहेको भन्दै आपत्ति जनाए ।
प्रतिक्रिया दिनुहोस्