नेप्से ८१ अंकले बढ्यो, २० अर्ब रुपैयाँ बढीको कारोबार


काठमाडौँ। साताको कारोबारको तेस्रो दिन सेयरबजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सेयर मापक सूचक नेप्से परिसूचक ८०.९७ अंकले बढेर २९७३.७० अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ ओटै उपसमुह बढेका छन् ।

मंगलबार नेपाल रिइन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ७१ करोड ८८ लाख ८५ हजार रुपैयाँ बढीको कारोबार भएको छ ।

आजको दिन टे«ड टावर, शिवम् सिमेन्ट र सान्भी इनर्जी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशत, ९.९९ प्रतिशत र ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

कुल ३१९ कम्पनीको ४ करोड ३५ लाख ८१ हजार २२८ कित्ता सेयर किनबेच हुँदा २० अर्ब ८ करोड ५३ लाख ६७ हजार रुपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।