वैदेशिक रोजगारी जाने महिलाको संख्या वर्षेनी बढ्दै


काठमाडाैँ । वैदेशिक रोजगार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले आ.व.२०८०/०८१ मा ११ प्रतिशत भन्दा बढी महिलाहरू वैदेशिक रोजगारीमा गएको बताएका छन् ।

मंगलवारको महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै उनले आ.व. ०७७/०७८ मा ६.८७ प्रतिशत, ०७८/०७९ मा ७.७९ प्रतिशत, ०७९/०८० मा ९.३५ प्रतिशत, ०८०/०८१ मा ११ प्रतिशत भन्दा बढी रहेको बताएका हुन् ।

महिलाहरूको वैदेशिक रोजगारीमा सहभागिता दर क्रमिक रुपले बढ्दै गएको भन्दै कतिपय मुलुकमा श्रम स्वीकृति दिएर जान रोक लगाइए पनि अवैधानिक बाटोबाट जाने गरेको बताए । उनले अवैधानिक रुपबाट वैदेशिक रोजगारीमा जानेहरु विभिन्न शोषण र समस्यामा पर्ने गरेको बताए ।

पछिल्लो समयमा संस्थागत रूपले जाने भन्दा व्यक्तिगत रूपमा जाने दर बढिरहेको बताए । संस्थागत भन्दा व्यक्तिगत रुपमा जाने श्रमीकहरु बढी ठगिरहेको बताए ।