काठमाडौं । आज सेयर बजारमा उछाल आउदा लगानीकर्ताको सम्पत्ति एकै दिनमा १ खर्ब ३५ अर्ब रुपैयाँले बढेको छ ।
मंगलबार कारोबारको सुरुवाती समयदेखि नै बढेको बजारमा धितोपत्र बजार पूँजीकरण ४९ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ । जुन हालसम्मकै उच्च हो ।
अघिल्लो (हिजो) सोमबारपनि धितोपत्र बजार पूँजीकरणले रेकर्ड कायम गरेको थियो ।यस दिन धितोपत्र बजार पूँजीकरण ४८ खर्ब २७ अर्ब पुगेको नेप्सेले जनाएको छ।
आज नेप्से परिसूचक २.७९ प्रतिशत अर्थात ८०.९७ अंकले बढेर २९७३ अंकमा पुगेको छ । आज पूँजी बजारमा कारोबार पनि २० अर्ब ८ करोड बढी भएको छ ।
आज नेप्सेमा सबैभन्दा धेरे उत्पादन तथा प्रशोधन समहुको सेयरमूल्य बढेको छ भने सबैभन्दा कम म्युचुअल फण्ड रहेको छ । उत्पादन तथा प्रशोधन समुह ४।६३ प्रतिशतले बढेको छ भने म्युचुअल फण्ड ०.५६ प्रतिशतले बढेको छ ।
आजको दिन नेप्सेमा नेपाल रिइन्स्योरेन्स सबैभन्दा धेरै ७१ करोड बढिको कारोबार भएको छ । त्यस्तै शिवम् सिमेन्ट, हिमालय रिइन्स्योरेन्स, बुटबल पावर कम्पनीको ५० करोड माथि कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्