काठमाडाैँ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जिल्लाका विभिन्न ठाउँमा भएका ११ हजारभन्दा बढी गाँजाका बोट फडानी गरेको छ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जा तथा मातहत प्रहरी कार्यालयहरूको समन्वयमा खटिएको प्रहरी टोलीले स्थानीय तहका पदाधिकारी, युवा क्लब र आमा समूहको सक्रिय सहकार्यमा विभिन्न स्थानमा फैलिएका ११ हजार ५४ वटा हरियो गाँजाका बोटहरू फडानी गरी नष्ट गरेको हो।
अवैध लागू पदार्थ नियन्त्रण, समाजमा शान्ति सुरक्षा प्रवर्धन, कानूनको प्रभावकारी कार्यान्वयन तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सो कारबाही गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार आगामी दिनहरूमा पनि यस्ता अवैध क्रियाकलाप विरुद्धको अभियानलाई निरन्तरता दिइने छ। प्रहरीले स्थानीय समुदायसँगको सहकार्यलाई अझ सशक्त बनाउँदै लागू पदार्थ नियन्त्रणमा प्रभावकारी कदम चाल्ने प्रतिवद्धता जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्