काठमाडाैँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जलवायु परिवर्तनको असर नेपालका विभिन्न क्षेत्रहरूमा प्रत्यक्ष देखिएको भन्दै न्युनिकरणका लागि पहल गर्नुपर्नेमा जोड दिएका छन् ।
मंगलवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको विभिन्न भूभागमा जलवायु परिवर्तनका प्रत्यक्ष असर देखिरहेको बताउँदै हिमाली क्षेत्रमा हिमताल विष्फोट हुने क्रम बढिरहेको बताएका हुन् ।
रसुवागढीमा हालै भएको घटना जलवायु परिवर्तनका कारण हिमताल विष्फोट हुँदाको परिणाम भएको बताए । संसारभर नै जलवायु परिवर्तनको असर निरन्तर बढिरहेको बताए ।
सभापति देउवाले नेपालमा जलवायु परिवर्तनको असर डरलाग्दो बनेको बताए । जलवायु परिवर्तनको असर कम गर्न विद्युतीय सवारीको प्रयोग बढाउनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्