दुई वर्षभित्र जाँजरकोट-डोल्पा खण्डमा पर्ने ५ ओटा पुल निर्माण सम्पन्न गर्छौंः मन्त्री दाहाल


काठमाडाैँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले भेरी करिडोरको जाँजरकोट-डोल्पा खण्डमा पर्ने १३ ओटा पुलमध्ये पाँच ओटा पुलहरू आागमी दुई वर्षभित्र सम्पन्न गर्नेगरी निर्माण गरिसक्ने बताएका छन् ।

राष्ट्रिय सभाको मंगलवारको बैठकमा बोल्दै उनले झिम्रिखोला पुल, नलगाढ खोला पुल, चौखा खोला पुल, तात्र खोला पुल, तासु खोला पुल आगामी दुई वर्षभित्र बनाइसक्ने बताएका हुन् । आ.व.०८२/०८३ मा ८ वटा पुलहरू निर्माणका लागि काम भइरहेको बताए ।

मन्त्री दाहालले कतिपय पुलहरु रातो कितावमा नरहेको हुनसक्ने पनि बताए ।