दोलखामा उत्पादन भएको रायो सागमा ८० प्रतिशत विषादी फेला, उपभोग गर्न अयोग्य ठहर


काठमाडौँ । दोलखामा उत्पादित रायो सागमा अत्यधिक मात्रामा विषादी भेटिएको कारण खान अयोग्य ठहरिएको छ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार दाेलखामा उत्पादित रायो सागमा अर्गानोफस्फेट नामक कीटनाशक विषादीको मात्रा खतरनाक रूपमा उच्च रहेको पाइएको छ।

समितिले १७ ओटा पसलको तरकारीको नमुना सङ्कलन गरी विषादीको परीक्षण गर्दा रायो सागमा ८०.९५९० प्रतिशत रोकावट अर्गानोफस्फेट विषादीको मात्रा भेटिएको हो ।

बजारमा कार्वामेट र अर्गानोफस्फेट समूह कीटनाशक विषादीको मात्र परीक्षण गरिँदै आएको छ । यस्तो प्रकारको विषादी ३५ प्रतिशतभन्दा कम उपभोग योग्य ३५ देखि ४५ प्रतिशतसम्म केहिदिन राखेर खान मिल्ने र ४५ प्रतिशतभन्दा बढी खान अयोग्य मानिन्छ ।