काठमाडौं । ओमोडा एन्ड जेइको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले आगामी नाइमा मोबिलिटी एक्स्पोमा आफ्नो नयाँ विद्युतीय स्पोर्ट युटिलिटी भेहिकल (एसयूभी) ‘जेइकाे जे-५’ सार्वजनिक गर्ने भएको छ।
कम्पनीले प्रिमियम स्तरको यो एसयूभीमार्फत नेपाली विद्युतीय सवारी बजारमा आफ्नो उपस्थितिलाई थप सशक्त बनाउने लक्ष्य राखेको छ।
कम्पनीका अनुसार ‘जे-५’ लाई विशेष गरी साहसिक यात्राका लागि उपयुक्त हुने गरी रगेड डिजाइनमा तयार पारिएको हो। यस एसयूभीमा लेभल २ एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम, प्यानोरोमिक सनरुफ, ५४० डिग्री सराउन्ड भ्यु क्यामेरा र इन्डिपेन्डेन्ट सस्पेन्सन जस्ता अत्याधुनिक फिचरहरू उपलब्ध छन्।
१५५ किलोवाटको इलेक्ट्रिक मोटर र ५८.९ किलोवाट–आवर क्षमताको ब्याट्री प्याक सहितको यो विद्युतीय एसयूभीले एक पटकको पूर्ण चार्जमा ४०२ किलोमिटरको डब्लूएलटीपी सर्टिफाइड रेन्ज प्रदान गर्ने कम्पनीकाे दाबी छ ।
गाडीको लम्बाइ ४३८० मिमी, चौडाइ १८६० मिमी, उचाइ १६५० मिमी रहेको छ भने यसमा १८ इन्चको एलोय ह्विल जडान गरिएको छ। भित्री डिजाइनतर्फ हेर्दा ‘जे-५’ मा भेन्टिलेटेड सिट, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, र २५६-कलर एम्बिएन्ट लाइटिङ जस्ता प्रविधि समावेश छन्। साथै, १३२० मिमी चौडाइको दोस्रो पंक्तिको सिट, ४८० लिटरको बुट स्पेस र ३६ वटा स्टोरेज कम्पार्टमेन्टहरू पनि उपलब्ध रहेकाे कम्पनीले जनाएकाे छ।
नाइमा मोबिलिटी एक्स्पो आगामी साउन २१ गतेदेखि २५ गतेसम्म काठमाडौँमा आयोजना हुँदैछ। यही प्रदर्शनीमार्फत कम्पनीले यो गाडी सार्वजनिक गर्ने तयारी गरेको हो।
प्रतिक्रिया दिनुहोस्