काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले मापदण्ड नै नपुगेको कम्पनीलाई जगदुल्ला हाइड्रोपावर कम्पनीको ठेक्का कसरी दिइयो भनी प्रश्न गरेका छन् ।
बुधवार सिंहदरबारमा बसेको र्साजनिक लेखा समितिको बैठकमा सांसद मोदीले सो प्रश्न गरेका हुन् ।
१०६ मेगावाटको जगदुल्ला जलविद्युत आयोजनाको ठेक्का पार्न चिनियाँ कम्पनी जियाङ्सी कन्स्ट्रक्शन इन्जिनियरिङ कर्पोरेसन (जेसीई)ले फर्जी डकुमेण्ट पेस गरेको विषयमा परेको उजुरी र विवादबारे छलफल गर्न बुधवार सार्वजनिक लेखा समितिको बैठक बसेको हो ।
जगदुल्ला जलविद्युत आयोजनाको ठेक्का लिन जेसीई/एएनकेले जलविद्युत आयोजना निर्माणको अनुभव पु¥यााउन चिनियाँ कम्पनी हेजाउ साङचेङ इलेक्ट्रिक पावर कम्पनीसँग मिलेर चीनमा ९० मेगावाटको जलविद्युत आयोजना निर्माण गरेको कागजात पेश गरेको थियो ।
तर हेजाउले जगदुल्ला हाइड्रो कम्पनीलाई आफ्नो कम्पनीको नाम र छाप नक्कल गरी अनधिकृत रूपमा प्रयोग गरिएको पत्र पठाएपछि विवाद बढेको हो । हाल जगदुल्ला हाइड्रो पावर आयोजनाविरुद्ध संसदको सार्वजनिक लेखा समिति, अदालत र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेपछि आयोजना अगाडि बढ्न सकेको छैन ।
बैठकमा सरकार र आयोजनाको भूमिकामाथि प्रश्न गर्दै सांसद मोदीले भने, “शंकास्पद रूपमा एनयुजर सर्टिफिकेट अनुसूचि ५ को कुनैपनि मिति तथा सही समेत नभएको तथ्य किन नजरअन्दाज गरेको ? मात्र बाँधको फोटो बुझाइएको छ । अन्य संरचनाहरू सुरुङ, पावरहाउस आदीको फोटो किन बुझाएन ? जेसीई/एएनके ले दिएको जीआईएसपीएम अनुसुची ६ कोअर्डिनेट गुगल तथा एप्पल म्यापबाट हेर्दा सो कोअर्डिनेट दसौँ किलोमिटरसम्म कुनैपनि जलविद्युत् आयोजनाको नामोनिसान नदेखिएको देखिन्छ,”।
जगदुल्ला आयोजना निर्माणका लागि आवेदन दिएका ४ कम्पनीमध्ये सिनो हाइड्रो पावर र जेसीइ/एएनके जेभी सर्टलिस्टमा परेका थिए । त्यसलगतै सिनो हाइड्रोपावरले जलविद्युत आयोजना नै नबनाएको र योग्यता नै नपुगेको कम्पनी सर्ट लिस्टमा परेको भन्दै जेसीई/एएनकेविरुद्ध सार्वजनिक खरिद अनुगमन कार्यालयमा उजुरी दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्