काठमाडौं । सरकारले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । सरकारले ३ वर्षे अवधीको १० अर्ब बराबरको ‘विकास ऋणपत्र– २०८५’ बिक्री गर्न लागेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।
यस ऋणपत्रमा लगानीकर्ताले व्याज अर्धवार्षिकरुपमा प्राप्त गर्न सक्नेछन् भने साँवा भुक्तानी भने २०८५ साउन ८ गते भुक्तानी हुनेछ ।
उक्त ऋणपत्रको बोलकबोल आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म हुनेछ ।
इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीका रुपमा सहभागी हुन सक्नेछन् । प्रतिस्पर्धी वा अप्रतिस्पर्धी बोलदातालाई क्रमशः ८५ र १५ प्रतिशत अर्थात रु आठ अर्ब ५० करोड र रु एक अर्ब ५० करोड छुट्याइएको छ ।
अप्रतिस्पर्धी बोलदातालाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलदातालाई बिक्री गरिने छ । अप्रतिस्पर्धी बोलदातालाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलदातालाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँट गरिनेछ ।
लगानीकर्ताले घटीमा पाँचलाख रुपैयाँ र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई पाँच लाख रुपैयाँले भाग गर्दा निशेष भाग जाने अंकको लागि आवेदन दिनुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस्