काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले काँग्रेस–एमालेको संयुक्त सरकारले भ्रष्टाचार गर्न टेण्डर पाएको जस्तो व्यवहार गरिरहेको टिप्पणी गरेका छन् ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै अध्यक्ष लिङदेनले यस्तो टिप्पणी गरेका हुन्।
अहिले कुन मन्त्रीले भ्रष्टाचार गरेर कति कमाउने भन्ने प्रतिष्पर्धा भइरहेको उनको भनाइ छ । उनले वर्तमान सरकारका एकदुई जना नभएर दर्जनबढी मन्त्रीहरुमाथि छानविन गर्नुपर्ने पनि बताए ।
उनले पछिल्लो समय भ्रष्टाचार नभएको ठाउँ खोज्न जटिल हुँदै गएको बताए । उनले केही कर्मचारीलाई कारबाही गरेर मात्र भ्रष्टाचार नियन्त्रण गर्न नसकिने उल्लेख गर्दै राजनीतिक नेतृत्वलाई नै छानबिनको दायरामा ल्याउन जरुरी रहेको बताए ।
“अहिले काँग्रेस र एमालेजस्तो दुई ठूला पार्टीहरु मिलेको सरकारले देश लुट्नलाई टेण्डर पारेको जस्तो व्यवहार भइरहेको छ । अहिले कुन मन्त्रीले कति कमाउने भन्ने विषयमा प्रतिस्पर्धा भइरहेको छ । अहिले एकदुई मन्त्रीको कुराको होइन । अहिले एक दर्जनभन्दा बढी मन्त्रीको छानविन गर्नुपर्ने बेला आएको छ,” उनले भने ।
उनले भिजिट भिसा प्रकरणमा दुई विपक्षी दलहरु आन्दोलनमा रहँदा समेत सरकार गम्भीर नभएको भन्दै संवादका लागि अग्रसर हुन आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्