काठमाडौँ। साताको कारोबारको चौथो दिन सेयरबजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सेयर मापक सूचक नेप्से परिसूचक ५.१७ अंकले बढेर २९७८.८८ अंकमा पुगेको छ ।
आज नेप्सेमा कारोबार भएका कुल १३ ओटा उपसमुहमध्ये ७ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने ६ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।
बुधबार हिमालयन रिइन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ७८ करोड १० लाख २८ हजार रुपैयाँ बढीको कारोबार भएको छ ।
आजको दिन टे«ड टावर र सान्भी इनर्जी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीका लगानीकर्ताहरुले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य ५.३२ प्रतिशतले घटेको छ ।
कुल ३१९ कम्पनीको ४ करोड ४८ लाख ६६ हजार १५९ कित्ता सेयर किनबेच हुँदा १९ अर्ब ५७ करोड ५२ लाख ७० हजार रुपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्