मधेसको खानेपानीको समस्या समाधान गर्न सरकारले कुनै कसर बाँकी राख्दैनः प्रधानमन्त्री


काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेशमा भएको खानेपानीको समस्या समाधान गर्न सरकार गम्भीर रूपमा लागिपरेको बताएका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले खानेपानीको समस्या समाधान गर्न सरकारले कुनैपनि कसर बाँकी नराख्ने बताएका हुन् ।

उनले आज मात्रै मधेस प्रदेशलाई प्राकृतिक विपत्तिग्रस्त क्षेत्र घोषणा गरिएको उल्लेख गरे। उनले मधेस प्रदेशमा रहेको खानेपानीको समस्या समाधानका लागि तत्कालीन र दीर्घकालीन समाधानका उपायहरुको खोजि गरिने पनि बताए ।

प्रधानमन्त्री ओलीकाअनुसार हालसम्म ९५ प्रतिशत नागरिकलाई ट्यांकरमार्फत सरकारले खानेपानी वितरण गरिसकेको छ भने बाँकी पाँच प्रतिशतलाई समेत वितरण गरिनेछ । 

उनले मधेसमा खानेपानीको समस्या दीर्घकालीन रुपमा समाधानका लागि पानीका स्रोतहरुको खोजि भइरहेको पनि बताए ।