सिद्धान्त छोडेर भाग्ने र विरोधीसँग घाँटी जोडेर दुुनो सोझ्याउने काम पुुष्पलालले कहिल्यै गर्नुभएन : प्रधानमन्त्री


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुुष्पलाल सही विचार, गतिशील संगठन र समर्पित नेतृत्वका धनी हुनुुहुन्थ्यो भन्दै समाज बदल्ने सपना बोकेकाहरूले उनका विचारलाई अनुशरण गर्नुपर्नेमा जोड दिएका छन् ।

नेकपा (एमाले) को केन्द्रीय कार्यालय, च्यासलमा आज आयोजित ४७ औँ पुुष्पलाल स्मृति दिवसको कार्यक्रममा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले सिद्धान्त छोडेर भाग्ने र विरोधीसँग गएर घाँटी जोडेर दुुनो सोझ्याउने काम पुुष्पलालले कहिल्यै नगरेको स्पष्ट पारेका हुन् ।

“पुुष्पलाल आदर्शप्रति सँधै दृढ रहनुुभयो । उहाँका केही सीमाहरु थिए होलान् तर विचार र काममा उहाँ अग्रणी हुनुुहुन्थ्यो । उहाँ साँच्चैको क्रान्तिकारी व्यक्ति हुनुहुन्थ्यो ।’’, अध्यक्ष ओलीले भने, “जात र धर्मबाट उहाँ माथि हुनुुहुन्थ्यो । आफ्नो धरमा श्रेष्ठ लेख्नुुभएन । नेपालमा कम्युुनिष्टहरूको संगठनलाई गतिशीलरुपमा हाँक्न सक्ने नेता हुनुहुन्थ्यो । उहाँ सही विचार र समर्पित नेतृत्व भएको व्यक्ति हुनुुहुन्थ्यो । उहाँकै लिगेसी बोकेको एमालेका नेता कार्यकर्ताले ती पक्षहरूलाई बिर्सन मिल्दैन ।’’

विसं १०८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मिनुभएका पुष्पलालले नै कार्लमाक्र्स र फे्रडरिक एङ्गेल्सद्वारा लिखित ‘कम्युनिष्ट घोषणापत्र’ लाई पहिलो पटक नेपाली भाषामा अनुवाद गरेका थिए।

उनकै नेतृत्वमा नेपालमा पहिलोपटक २००६ वैशाख १० गते नेकपा स्थापना भएको थियो । उनको २०३५ साउन ७ गते उपचारका क्रममा भारतमा निधन भएको थियो ।