काठमाडाैँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारको नीतिगत सुधारको प्रभाव पुँजीबजारमा पर्न थालेको दाबी गरेका छन् ।
बुधवार नेपाल चेम्बर अफ कमर्सले काठमाडौँमा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले निजी क्षेत्रलाई सहज हुनेगरी सरकारले निर्माण तथा परिवर्तन गरेका कानूनहरूको प्रभावका कारण पूँजीबजारको रङ्ग हरियो भएको जिकिर गरेका हुन्।
उनले वस्तु निर्यातमा देखिएको सफलताको श्रेय निजी क्षेत्रलाई दिँदै वस्तु आयातमा नियन्त्रण हुँदै गएको पनि बताए । उनले निजी क्षेत्रको मागअनुरूप नै लगानीमैत्री वातावरणको मागका आधारमा कालोबजारी ऐन खारेज गरेको उल्लेख गर्दै निजी क्षेत्रले मनग्य मुनाफा कमाउने बाटो खुला भएको पनि बताए ।
उनले सरकार निजी क्षेत्रको लगानी संरक्षणका लागि प्रतिवद्ध रहेको पनि बताए । मन्त्री भण्डारीले वस्तुको गुणस्तरीयता कायम गर्न तथा कालोबजारी रोक्न एमआरपी अनिवार्य गरिएको पनि बताए।
प्रतिक्रिया दिनुहोस्