धितोपत्र बोर्डको नीति तथा कार्यक्रम:संस्थागत सुदृढीकरण र क्षेत्रगत विविधतालगायत प्राथमिकतामा (पूर्णपाठ)


काठमाडौँ । नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

बोर्डले सबल कानुनी व्यवस्था, संस्थागत सुदृढीकरण र क्षेत्रगत विविधता तथा धितोपत्र औजारमा विविधिकरणसहितका विषयलाई प्राथमिकतामा राखेर आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

बोर्डले नियमन तथा सुपरीवेक्षणमा सुधार गर्दै बजारमा हुन सक्ने कानुन विपरीतका गतिविधि तथा अभ्यासलाई कम गरी कुसूरदारलाई काबाहीको दायरामा ल्याउने उल्लेख छ ।

यस्तै धितोपत्र बजारमा क्षेत्रगत तथा औजारगत विविधता ल्याउनुका साथै नयाँ धितोपत्र औजारको विकास तथा विस्तारमा सहजिकरण गरिने बोर्डको नीति तथा कार्यक्रममा उल्लेख छ ।

बोर्डले धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी कानुनी व्यवस्थालाई अन्तर्राष्ट्रिय सिद्धान्त तथा मापदण्ड अनुरुप बनाई कानुनी सवलीकरण गरिने उल्लेख गरेको छ ।

बोर्ड तथा धितोपत्र बजार सम्बन्धी सेवा प्रदायिकको संस्थागत सुदृढीकरण र संरचनागत सुधार तथा क्षमता अभिवृद्धि गरिने, धितोपत्र बजारमा प्रणालीगत जोखिम न्युनीकरण गर्दै लगानीकर्ताको हित प्रवर्धन गरी धितोपत्र बजारमा जनविश्वास बढाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

बोर्ड तथा धितो पत्र बजारमा सूचना प्रविधिका पूर्वाधारको विकास गर्दै यसको प्रयोगलाई स्तरीय र प्रभावकारी तथा गतिशिल बनाईने लगायतका विषय धितोपत्र बोर्डको नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

हेर्नुहाेस् पूर्ण पाठ