काठमाडौँ । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ८, बोडे सिन्टीटारमा दुई किशोरी झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।
जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी ढुण्डिराज न्यौपानेका अनुसार मृतकहरू सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर ८ घर भई हाल बोडेमा डेरा गरी बस्दै आएका १७ वर्षीया मेनुका कँडेल र उनकी १५ वर्षीया बहिनी सृजना कँडेल हुन्।
उनीहरू स्थानीय चक्रधर प्रजापतिको इँट्टा र फलामले बनेको दुई तले ट्रष्टको घरको भुइँतलामा डेरा गरी बस्दै आएका थिए। आज (बिहीबार) बिहान करिब ६ः४५ बजे डेराको प्यासेजतर्फको भागमा फलामको डण्डी (बलो) मा एउटै नाइलनको डोरी प्रयोग गरी दुवै जनाले घाँटीमा पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
घटनाबारे प्रारम्भिक अनुसन्धानका आधारमा प्रहरीले दिदीबहिनीले आत्महत्या गरेको आशंका गरे पनि घटनाको वास्तविक कारण भने विस्तृत अनुसन्धानपछि मात्र खुल्ने जनाएको छ।




प्रतिक्रिया दिनुहोस्