धितोपत्र बोर्डबाट एक वर्षमा ५९ अर्ब रुपैयाँ माथिको निष्काशन अनुमति


काठमाडौं । नेपाल धितोपत्र बोर्डले एक वर्षमा ५९ अर्ब रुपैयाँ बढीको सार्वजनिक निष्काशनको लागि अनुमति दिएको छ । आर्थिक वर्ष २०८१/८२मा ६४ ओटा संस्थालाई ५९ अर्ब ८४ करोड ९५ लाख रकम बराबरको निष्काशन स्वीकृत प्रदान गरिएको बोर्डले जनाएको छ ।

जसमध्ये साधारण सेयर निष्काशनतर्फ १४ संस्थालाई ३ अर्ब ८३ करोड २२ लाख रुपैयाँ बराबरको तथा हकप्रद तर्फ १७ संस्थालाई .१५ अर्ब ४१ करोड रुपैयाँ बराबरको निष्काशन अनुमति प्रदान गरिएको छ । थप निष्काशन तर्फ बोर्डले चार संस्थालाई १० करोड ७३ लाख रुपैयाँ बराबरको निष्काशन अनुमति प्रदान गरेको छ ।

त्यस्तै ९ कम्पनीहरूलाई २५ अर्व ३० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन अनुमति प्रदान गरिएको छ भने अन्य २० बटा सामूहिक लगानी योजनालाई १५ अर्ब २० करोड रुपैयाँ बराबरको सामूहिक लगानी योजना निष्काशन अनुमति प्रदान गरेको छ ।

गत आर्थिक वर्षको असार २० सम्म बोनस सेयर दर्ता तर्फ ८१ वटा संस्थाहरुको रु. २३ अर्ब ९५ करोड १४ लाख रकम बराबरको बोनस सेयर दर्ता भएको बोर्डले जनाएको छ ।

बोर्डले विशिष्टिकृत लगानी कोष तर्फ ११ ओटा योजनालाई ३७ अर्ब रुपैयाँ बराबरको विशिष्टिकृत लगानी योजना निष्काशनकोे लागि स्विकृत दिएको छ ।