काठमाडौँ । प्रफेक्ट कलेक्सनले आफ्नो ९ औं वार्षिकोत्सव विशेष कार्यक्रमका साथ मनाएको छ।
लाजिम्पाटस्थित सांग्रिला होटलअगाडि आयोजित कार्यक्रममा चर्चित कलाकार तथा अभिनेता आर्यन सिग्देलको विशेष उपस्थितिमा वार्षिकोत्सव सम्पन्न भएकाे हाे ।
सविन केसी र सत्य श्रेष्ठद्वारा सञ्चालित प्रफेक्ट कलेक्सनले वार्षिकोत्सवको अवसरमा आफ्नो सेवा विस्तार गर्दै नयाँ आउटलेट सञ्चालनमा ल्याएको हो।
सुरूमा केवल फेन्सी लुगा मात्र बिक्री गर्दै आएको कलेक्सनले अब भने ग्राहकको माग अनुसार फर्मल कपडादेखि जिन्स, पेन्ट, सुटकेस, जुत्ता, चप्पल, चस्मा, लगेज, र विभिन्न ब्राण्डका पर्फ्युमलगायत सामग्री उपलब्ध गराउने जानकारी सञ्चालक केसीले दिए।
“अब एकपटक कलेक्सन हाउस प्रवेश गर्ने सेवाग्राहीले आवश्यक सबै सामग्री यहीँ पाउने छन्,” केसीले भने, “हाम्रो उद्देश्य ग्राहकलाई अन्यत्र जानु नपर्ने गरी सम्पूर्ण सेवा उपलब्ध गराउनु हो।”
उनले कलेक्सनमा उपलब्ध सबै सामग्री सहुलियत दरमा प्रदान गरिने पनि जानकारी दिए। विशेषगरी पुरुष लक्षित वस्त्र र सहायक सामग्रीमा केन्द्रित कलेक्सनले अब बजारमा नयाँ ढंगले प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्