काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक दलहरूको एजेण्डा रोजगारी सिर्जना र राजश्व बढाउने कुरा हुनुपर्ने बताएका छन् ।
नेपाल खबरले आफ्नो १० वर्ष प्रवेश गरेको अवसरमा काठमाडौँमा आयोजना गरेको राइजिङ नेपाल समिट २०२५ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले दलहरू मिसन ०८४ को एजेण्डा बोकेर हिँडिरहेको भन्दै रोजगारी सिर्जना र राजश्व बढाउने कुरा एजेण्डा बन्नुपर्ने बताएका हुन् ।
उनले राजनीतिक दलहरुले एकले अर्कोलाई नराम्रो देखाएर मत बटुल्ने काम गर्नु भन्दा पूर्वाधार निर्माण, रोजगारी सिर्जना, लगानी वृद्धि गर्नेकुरा प्राथमिकतामा राख्नुपर्ने बताए ।
“अहिले राजनीतिक दलहरूको एजेण्डा मिसन ०८४ भनिने गरेको छ । निजी क्षेत्रको तर्फबाट मैले भन्नुपर्दा हामी रोजगारी सिर्जना गर्नेकुरा, राजश्व बढाउने कुरा छ । व्यवसायिक एक्टिभिटी बढाउँ भन्ने त्यो किसिमको एजेण्डाहरू हामीले अघि सार्नुपर्छ । त्यो एजेण्डा नै नेपाली दाजुभाई तथा दिदिबहिनीहरूले पनि खोजेको एजेण्डा हो,” उनले भने ।
प्रतिक्रिया दिनुहोस्