सरकारले भुक्तानी नदिँदा रोकियो १५ वर्ष मुनिका बालबालिकाको निःशुल्क मुटुरोग उपचार, राप्रपाले गरायो ध्यानाकर्षण


काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक सिंहले शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रमार्फत सञ्चालन भइरहेको १५ वर्ष मुनिका बालबालिकाको निःशुल्क मुटुरोग उपचार सेवा रोकिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै सांसद सिंहले सरकारले भुक्तानी नदिँदा गङ्गालालमा १५ वर्षमुनिका बालबालिकाले पाउने गरेको निःशुल्क उपचार सेवा रोकिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सरकारले विपन्न परिवारका बालबालिकाहरुको मुटुरोग उपचारका लागि २ लाख ५० हजार सहायता अनुदान दिने निर्णय गरेको थियो । गत आर्थिक वर्षको भुक्तानी नभएको भन्दै गङ्गालाले उक्त सेवा रोको छ । सांसद सिंहले निःशुल्क मुटु रोगको उपचार सेवा तत्काल सुचारु गर्न स्वास्थ्यमन्त्रीको समेत ध्यानाकर्षण गराए ।

साथै उनले भिजिट भिसा प्रकरणको छानविनका लागि संसदीय छानविन समिति नबनेसम्म राप्रपाले संसद बहिस्कार गर्ने उल्लेख गरे ।