काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)का सांसद जनार्दन शर्माले बढ्दो मानव बेचबिखनलाई नियन्त्रण गर्न सक्षम कानूनी संरचना आवश्यक रहेको बताएका छन् ।
प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै सांसद शर्माले प्रविधिको दुरुपयोग गर्दै मानव बेचबिखनलाई सहज बनाउने प्रवृत्ति बढिरहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका हुन्।
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद शर्माले मानव तस्करी नयाँ रूप र प्रविधिबाट सञ्चालित हुने गरेको उल्लेख गर्दै सोही आधारमा विधेयकलाई समृद्ध बनाउन जरुरी रहेको बताए । सीमापार तथा प्रलोभनका भरमा तथा अनावश्यक आशा देखाएर मानव बेचबिखन बढिरहेको उल्लेख गरे।
उनले सरकारले मानवीय सुरक्षा र गरिमाका लागि प्रभावकारी कानून निर्माण गरेर प्रविधियुक्त मानव तस्करी नियन्त्रण गर्न ढिलाइ गर्न नहुने बताए ।
प्रतिक्रिया दिनुहोस्