यी हुन् गत आर्थिक वर्षमा सबैभन्दा धेरै कारोबार हुने कम्पनी


काठमाडौं । गत आर्थिक वर्ष २०८१ ८२ मा हिमालयन रिइन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जको तथ्यांकअनुसार गत आर्थिक वर्षमा हिमालय रिइन्स्योरेन्सको ६८ अर्ब २० करोड रुपैयाँको कारोबार भएको छ ।
नेपाल इन्फ्रास्टक्सचर बैक (निफ्राको ५२ अर्ब ७१ करोड रुपैयाँ बढिको कारोबार भएको छ भने न्यादी पावरको ४९ अर्ब २५ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

त्यस्तै राँधी जलविद्युतको ४० अर्ब ५६ करोड रुपैयाँ, सानिमा माई हाइड्रोपावरको ३९ अर्ब९१ करोड,नेपाल रिइन्स्योरेन्स कम्पनीको ३७ अर्ब ८२ करोड, सिइडीबी होल्डिङ्स लिमिटेडको ३७ अर्ब ७८ करोड यूनिर्भसल पावर कम्पनीको २९ अर्ब २ करोड, नेपाल फाइनान्स लिमिटेडको २७ अर्ब ५४ करोड र अपि पावर कम्पनीको २६ अर्ब ५४ करोड रुपैयाँको कारोबार भएको छ ।

गत आर्थिक वर्षमा सबैभन्दा बढी हिमालय रि–इन्स्योरेन्स कम्पनीको सेयर ६ लाख ३१ हजार पटक खरिद बिक्री भएको छ । त्यस्तै नेपाल पूर्वाधार बैंकको ३ लाख ४० हजार, न्यादी पावर समूहको ३ लाख ३४ हजार र अपी पावरको २ लाख ९९ हजार पटक सेयर खरिद–बिक्री भएको छ ।

सेयर संख्याको आधारमा न्यादी ग्रुप सबैभन्दा अगाडी रहेको छ । कम्पनीको १२ करोड ६९ लाख कित्ता सेयर खरिद–बिक्री भएको छ । दाेस्राेमा कुमारी बैंकको १० करोड ७ लाख कित्ता खरिद बिक्री भएकाे छ । त्यस्तै अपी पावरको ८ करोड ८९ लाख कित्ता, अरुण भ्याली हाइड्रोपावरको ८ करोड ७८ लाख कित्ता र एचआइडीसीएलको ८ करोड ६८ लाख कित्ता सेयर कारोबार भएको छ ।

बजार पुँजीकरणका आधारमा विशाल बजार सबैभन्दा ठूलो कम्पनी बनेको छ । यो कम्पनीको कुल बजार पूँजीकरण २ खर्ब १५ अर्ब पुगेको छ । त्यस्तै, नेपाल पुनर्बिमा कम्पनीको १ खर्ब ६९ अर्ब, नेपाल दूरसञ्चार कम्पनीको १ खर्ब ५७ अर्ब, नबिल बैंकको १ खर्ब ४६ अर्ब र नागरिक लगानी कोषको १ खर्ब २८ अर्ब पुगेको छ ।