काठमाडाैँ । नेपाल पर्वतारोहण संघ २०२५ को आगामी नेतृत्वका लागि कुल गुरुङले उम्मेद्वारी घोषणा गरेका छन् ।
आज राजधानीमा एक भेलामार्फत नेपाल लोकतान्त्रि पर्यटन व्यवसायी संघको तर्फबाट गुरुङले उम्मेद्वारी घोषणा गरेका हुन् । पर्वतारोहण संघको निर्वाचन आगामी भाद्र ७ गते संघको नेतृत्वका लागि प्रज्ञा प्रतिष्ठानमा निर्वाचन हुँदैछ ।
उम्मेद्वारी घोषणा गर्दै गुरुङ आफूले पूर्वाग्राही नराखि नेतृत्व गर्ने संकल्प गरे । अहिले राजनीतिले आफूलाई पनि दिक्क पारेको र संस्थाको नेतृत्वमा गइसकेपछि निष्पक्ष रुपमा काम गर्ने उनले बताए ।
संघले गुरुङलाई र्निविरोध बनाउनका लागि अन्य संघ संस्थाहरूसँग छलफल गर्न ५ सदस्यीय वार्ता समिति पनि बनाएको छ । रमेश धमालाको संयोजगत्वमा डा. रामशरण थपलिया, कर्म शेर्पा,खुम सुवेदी, निलहरी बाँस्तोला सदस्य रहेका छन् । उनीहरूले गुरुङको नेतृत्वलाई सर्वसम्मत बनाउन वार्ता गर्नेछन्
प्रतिक्रिया दिनुहोस्