साताको सेयरबजार : करिब २ खर्बले बढ्यो लगानीकर्ताको सम्पत्ति


काठमाडौं । धितोपत्र दोस्रो बजारमा यो साता हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्स)को तथ्यांक अनुसार यस सातामा नेप्से परिसूचक १११.९८ अंकले बढेको छ ।

गत साताको अन्तिम कारोबारको दिन २८७०.६३ अंकमा रहेको नेप्से परिसूचक यस साताको अन्तिम कारोबारको दिन बिहीबार २९८२.६४ अंकमा पुगेको छ ।

यस साता लगानीकर्ताको सम्पत्ति पनि झण्डै दुई खर्बले बढेको छ । गत साताको अन्तिम कारोबारको दिन बजार पुँजीकरण ४७ खर्ब ८३ अर्ब ३७ करोड बढी रहेको थियो भने यस साताको अन्तिम कारोबारको दिन ४९ खर्ब ७७ अर्ब ४ करोड बढी रहेको छ । जसअनुसार यस सातामा लगानीकर्ताको सम्पत्ति १ खर्ब ९३ अर्ब ६७ करोडले बढेको छ ।

साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक ०.३२ अंकले बढेर २८७०.९५ मा पुगेको थियो । यस दिन नेपाल रिइन्स्योरेन्सको सबैभन्दा धेरै ९८ करोड ५५ लाख बढिको कारोबार भएको थियो ।

नेप्सेको तथ्यांकअनुसार आइतबार ३१७ कम्पनीको ५ करोड १६ लाख ५८ हजार ३८५ कित्ता सेयर किनबेच हुँदा २१ अर्ब ४६ करोड ४९ लाख बढिको कारोबार भएको छ ।

दोस्रो दिन सोमबार नेप्से परिसूचक २१.७६ अंकले बढेर २८९२.७२ अंकमा पुगेको छ । यस दिन नेपाल रिइन्स्योरेन्सको सबैभन्दा धेरै ७५ करोड ६६ लाख ४६ हजार रुपैयाँ बढीको कारोबार भएको छ ।

यस दिन ३११ कम्पनीको ३ करोड ५६ लाख ४९ हजार २११ कित्ता सेयर किनबेच हुँदा १६ अर्ब ३२ करोड ७१ लाख १५ हजार रुपैयाँ बढीको कारोबार भएको छ ।

साताको कारोबारको तेस्रो दिन सेयरबजारमा उछाल आएको थियो । यस दिन नेप्से परिसूचक ८०.९७ अंकले बढेर २९७३.७० अंकमा पुगेको थियो । यस दिन नेपाल रिइन्स्योरेन्सको सबैभन्दा धेरै ७१ करोड ८८ लाख ८५ हजार रुपैयाँ बढीको कारोबार भएको थियो ।

नेप्सेको तथ्यांकअनुसार यस दिन कुल ३१९ कम्पनीको ४ करोड ३५ लाख ८१ हजार २२८ कित्ता सेयर किनबेच हुँदा २० अर्ब ८ करोड ५३ लाख ६७ हजार रुपैयाँ बढीको कारोबार भएको थियो ।

चौथो दिन भने सेयरबजार झिनो अंकले बढेको छ । बुधबार नेप्से परिसूचक ५।१७ अंकले बढेर २९७८.८८ अंकमा पुगेको छ । यस दिन हिमालयन रिइन्स्योरेन्सको सबैभन्दा धेरै ७८ करोड १० लाख २८ हजार रुपैयाँ बढीको कारोबार थियो ।

बुधबार कुल ३१९ कम्पनीको ४ करोड ४८ लाख ६६ हजार १५९ कित्ता सेयर किनबेच हुँदा १९ अर्ब ५७ करोड ५२ लाख ७० हजार रुपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।

यस्तै साताको कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ४.४८ अंकले बढेर २९८३.३६ अंकमा पुग्यो । यस दिन राधी विद्युत् कम्पनीको सबैभन्दा धेरै ७७ करोड २१ लाख ४५ हजार रुपैयाँ बढीको कारोबार भएको थियो ।

साताको अन्तिम कारोबारको दिन कुल ३२८ कम्पनीको ३ करोड ८९ लाख ६२ हजार ५०८ कित्ता सेयर किनबेच हुँदा १८ अर्ब ४९ करोड ४ लाख २८ हजार रुपैयाँ बढीको कारोबार भएको थियो ।