काठमाडाैँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेमा आफ्नो पार्टी सदस्यता नविकरण भइसकेकाले पार्टी सदस्यताको विषयलाई लिएर विवादमा पार्न आवश्यक नरहेको बताएका छन् ।
शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले ‘राष्ट्रपतिको कार्यकाल सकिएपछि आफूले मुलुकको सामाजिक, आर्थिक र राजनीतिक विषयका साथै अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिका बारेमा अध्ययन तथा चिन्तन,मनन गर्दै आएको र आफ्नो राजनीतिक यात्रालाई पार्टीमा आवद्ध भएर अगाडि बढाउने बारेमा सोचेर अघि बढिरहेको बताए ।
उनले पार्टीमा आवद्ध बनेर नै अगाडि बढ्ने टुङ्गोमा पुगेपछि विधिपूर्वक पार्टीको सदस्यता नविकरण गरेको बताए । “राष्ट्रपतिको कार्यकाल सकिएपछि आफूले मुलुकको सामाजिक, आर्थिक र राजनीतिक विषयका साथै अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिका बारेमा अध्ययन तथा चिन्तन,मनन गर्दै आएको र आफ्नो राजनीतिक यात्रालाई पार्टीमा आवद्ध भएर अगाडि बढाउने÷नबढाउने भन्ने विषयमा उपयुक्त समयमा जानकारी गराउने कुरा गर्दै आएको थिएँ। जब म पार्टीमा आवद्ध बनेर नै अगाडि बढ्ने टुङ्गोमा पुगें, तब मैले पार्टीको सदस्यता विधिपूर्वक नवीकरण गरेँ,” उनले भनिन् ।
पूर्वराष्ट्रपति भण्डारीले पहिले पनि पार्टी सदस्यता नवीकरण र पार्टीमा मेरो जिम्मेवारीको विषयमा पार्टीका नेताहरूसँग पटक पटक कुरा गरेको बताइन् ।
प्रतिक्रिया दिनुहोस्