नेपाललाई नेत्र उपचारको क्षेत्रीय केन्द्र बनाउने सरकारको लक्ष्यः मन्त्री पन्त


काठमाडाैँ । शिक्षा, विज्ञान तथा सूचना प्रविधिमन्त्री रघुजी पन्तले नेपाललाई दक्षिण एसियामा नेत्र उपचारको केन्द्रको रूपमा विकास गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा तिलगङ्गा विश्वविद्यालय सम्बन्धी विधेयकमाथिको सैद्धान्तिक छलफलमा बोल्दै मन्त्री पन्तले नेपाललाई दक्षिण एसियाको आँखा उपचार केन्द्रको रुपमा विकास गर्न विधेयकले महत्वपूर्ण भूमिका खेल्ने बताएका हुन्।

उनले  नेपालमा हुने आँखा उपचार अन्य देशहरूभन्दा छरितो, सरल, सहज र विश्वसनीय मात्र नभई लागतको दृष्टिले पनि निकै सस्तो रहेको बताए ।

“नेपाल अहिले दक्षिण एसियामा नेत्र उपचारको केन्द्रको रुपमा स्थापित हुन खोजिरहेको छ । त्यो सम्भावना निकै देखिएको छ । र त्यो सम्भावनालाई यो विश्वविद्यालयको स्थापनाले महत्वपूर्ण योगदान पु¥याउनेछ,” उनले भने ।

नेपालको आँखा उपचार क्षमतालाई थप सुदृढ गर्दै नेपाललाई क्षेत्रीय नेत्र उपचार तथा अनुसन्धानको हब बनाउने लक्ष्यका साथ सरकारले काम गरिरहेको उनकाे भनाइ छ ।