गत आर्थिक वर्षमा भौतिक पूर्वाधारको क्षेत्रमा उल्लेख्य प्रगति भएकाे छः मन्त्री दाहाल


काठमाडाैँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले गत आर्थिक वर्षमा भौतिक पूर्वाधारको क्षेत्रमा उल्लेख्य प्रगति हाँसिल गरेको बताएका छन् ।

शुक्रवार महोत्तरीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले गत आर्थिक वर्ष सबैभन्दा उच्च पुँजीगत खर्च (७६.४१) प्रतिशत गरेको दाबी गरे । सोचे भन्दा बढी सडक पूर्वाधार निर्माण गरेको उनको दाबी छ । पुल निर्माणको लक्ष्य हाँसिल गर्न नसके पनि अब तिब्र गतिमा काम भइरहेको र उद्घाटनको क्रम जारी रहेको बताए ।

“यस वर्ष भौतिक पूर्वाधारको क्षेत्रमा हामीले उल्लेख्य प्रगति गरेका छौँ । हामीले सबैभन्दा उच्च पुँजीगत खर्च ग¥यौँ, ७६.४१ प्रतिशत । हामीले सोचे भन्दा पनि बढी सडक सञ्जाल, पूर्वाधार निर्माण गरेका छौँ । पुलहरु लक्ष्यमा पुग्न नसकेपनि धमाधम यि पुलहरु उद्घाटन हुने अवस्थामा पुगेका छन्,” उनले भने ।

मन्त्री दाहालले सरकारले तीब्र गतिले पूर्वाधारका काम गरिरहेको बताए ।