काठमाडाैँ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशका किसानका लागि संघ सरकारले ठूलो प्याकेजको घोषणा गर्नुपर्ने माग गरेका छन् ।
महोत्तरीमा शुक्रवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो माग गरेका हुन् । उनले मधेस प्रदेशका बारा, पर्सा लगायत १३६ वटै पालिकामा पानीको हाहाकार रहेको बताए । नागरिकले पिउने पानी समेत नपाइरहेको स्थिति रहेको उनको भनाइ छ । पानीको अभावले खेतीयोग्य जमिनहरु बाँझो रहेको र परिणमतः खाद्य चक्रमा यसले असर गर्ने बताए ।
मुख्यमन्त्री सिंहले खानेपानीको आपूर्ति अहिले प्रदेश सरकारले गरिरहेको पनि बताए । उनले मधेस प्रदेशको पूरा बजेट हाल्दा पनि समस्या समाधान हुने स्थिति नरहेकाले संघ सरकारले सहयोग गर्न जरुरी रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्