काठमाडाैँ । गृहमन्त्री रमेश लेखकले खानेपानी र सिंचाईको समस्या भएको स्थानहरुको पहिचान गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका छन् ।
शनिवार सिंहदरबारमा राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।
तराईका विभिन्न जिल्लाहरुमा खानेपानी र सिंचाईको समस्या विकराल बनिरहेको छ । यसै सम्बन्धमा गृहमन्त्री लेखकले तराईका जिल्लाका प्रमुख जिल्ला अधिकारी र स्थानीय प्रतिनिधिहरूसँग छलफल गरेका हुन् ।
छलफलपछि उनले खानेपानी र सिंचाईको समस्या भएको स्थानहरुको पहिचान गर्न र पहिचान भइसकेका स्थानहरू सरकारलाई उपलब्ध गराउन निर्देशन दिए।
उक्त स्थानहरूको पहिचान गरी वैकल्पिक श्रोत र वैकल्पिक स्राेतहरूकाे पहिचान, वैज्ञानिक वितरणको व्यवस्था मिलाउन पनि निर्देशन दिए । कुनकुन ठाउँमा डिप बोरिङ गर्ने भन्ने स्थानहरु पनि पहिचान गर्न र आवश्यकतालाई प्राथमिकीकरण गरी छिटो प्रक्रियाबाट डिप बोरिङ ट्युबेल जडान गर्नेकुरामा ध्यान दिन निर्देशन दिए ।
गृहमन्त्री लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार महोत्तरीको एक कार्यक्रममा ५ सय वटा डिप बोरिङ गरेर मधेस प्रदेशमा पानीको समस्या तत्कालका लागि समाधान गर्ने घोषणा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्