सोमबार सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं । साताको कारोबारको दोस्रो दिन सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार सोमबार सुनको मूल्य स्थिर रहँदै प्रतितोला १ लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।

हिजो आइतबार सुनको मूल्य प्रतिततोला ११ सय रुपैयाँले घटेर १ लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य भने बढेको छ । चाँदी आज ५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार २९५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।