काठमाडौँ । जेसीस नेपालको आयोजनामा नेपालमा पहिलोपटक ‘जेसीस साउथ एसिया बिजनेस एन्ड इन्भेष्टमेन्ट मिट २०२५’ आयोजना हुने भएको छ । उक्त कार्यक्रम २०८२ साउन १८ गते (३ अगस्ट २०२५), थमेलस्थित होटल अलोफ्ट, काठमाडौँमा हुने आयोजकले जानकारी दिएका छन्।
दक्षिण एशियाका उद्यमी, लगानीकर्ता, व्यवसायिक नेतृत्वकर्ता तथा स्टार्टअप प्रतिनिधिहरूको सहभागीता रहने यो कार्यक्रममार्फत क्षेत्रीय समन्वय, लगानीका नयाँ अवसरहरूको पहिचान र दीगो आर्थिक विकासमा योगदान पुर्याउने उद्देश्य लिइएको छ।
कार्यक्रमका प्रमुख आकर्षणहरूमा दक्षिण एशियाली व्यवसायिक नेताहरूको नेटवर्किङ सेसन, लगानीकर्तासँग प्रत्यक्ष सम्पर्क तथा पिचिङ सेसन, क्षेत्रीय आर्थिक विषयमा केन्द्रित विशेष संवाद र छलफल कार्यक्रमहरू साथै नेपाली तथा दक्षिण एसियाली स्टार्टअप र नवप्रवर्तनशील (इन्टोभेटिभ) आइडियाहरूको प्रदर्शनी रहनेछ।
प्रतिक्रिया दिनुहोस्