विकासको लागि वैदेशिक सहायता लिनुपर्छः सहसचिव शर्मा


काठमाडौं । अर्थमन्त्रालयका सहसचिव धनिराम शर्माले दुई पक्षीय सम्झौतामा तय भएर वैदेशिक सहायता आउने बताएका छन् ।

सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) सँग गरेको नेपालमा वैदेशिक सहायता परिचालन व्यवस्था सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा सहसचिव शर्माले हाम्रो मात्र कुराले वैदेशिक सहायता नआउने बताएका हुन् ।

नेपालको प्राथमिकताको क्षेत्रमा मात्र वैदेशिक सहायता लिने उनले उल्लेख गरे ।

उनले भने, “हाम्रो प्राथमिकता जहाँ छ जुन आयोजनाको लागि वैदेशिक सहायता चाहिने हो हामी लिन्छौं । धेरै देश हरुले वैदेशिक सहायता ले तिब्र विकास गरेका छन्। सुरुको टेकअफको अवस्थामा ती देशहरुले पनि वैदेशिक सहायता लिएका छन् ।”

आन्तरिक पुँजीले विकास गर्न नपुग्ने भएकाेले विकासको लागि वैदेशिक सहायता लिनु पर्ने बाध्यता रहेकाे उनकाे भनाइ छ ।

उनले तत्काल सहायता लिने भन्दा पनि आवश्यक पर्ने परियोजनामा वैदेशिक लगानी ल्याउने उल्लेख गरे।

निजी क्षेत्रको विकास नभई दीर्घकालिनरुपमा देशको विकास नहुने भन्दै निजी क्षेत्रले वैदेशिक ऋण लिए पनि सरकारले गर्ने उनको भनाइ छ । आयोजनाको छनोट सम्बन्धीत मन्त्रालयले गर्ने भएकोले दाताको अनुसार मात्र परियोजना निर्माण नहुने उनको तर्क छ ।