अख्तियार सचिवलाई परराष्ट्र सचिवले सोधे– ‘बेरुजु शुन्य कसरी गर्ने हो, सिकाइदिनुस्’


काठमाडाैँ । बेरुजु शुन्य रहेको अख्तियार तथा दुरुपयोग अनुसन्धान आयोगका सचिवलाई परराष्ट्र सचिव अमृतबहादुर राईले बेरुजु शुन्य कसरी गर्ने हो ? भन्दै सिकाइदिन आग्रह गरेका छन् ।

उनले काम गरेरै अख्तियारको बेरुजु शुन्य भएको हो भने आफूले अख्तियारमा दुईचार जना आफ्ना कर्मचारीलाई सिक्न पठाउने बताए । सोमवारको सार्वजनिक लेखा समितिको बैठकमा उहाँले अख्तियारका सचिवलाई परराष्ट्रका कर्मचारीलाई बेरुजु शुन्य बनाउनेबारे सिकाएर पठाउन आग्रह गरेका हुन्। 

सचिव राइले भने, “अख्तियारका सचिव ज्युले बेरुजु शुन्य भनेको सुने । आखिर बेरुजु शुन्य कसरी गर्न सकिने रहेछ ? काम गरेरै बेरुजु शुन्य भएको हो भने मेरा पनि दुईचार भाई कर्मचारीलाई त्यहाँ सिक्न पठाउँछु । तपाईंले सिकाएर पठाउनुस् । बेरुजु शुन्य बनाउन हामी सबैले । यदी त्यहाँ सार्वजनिक खरिद थिएन भने काम नहुँदा बेरुजु शुन्य भएको हो भने त्यो छुट्टै कुरा हो । यदि काम भएरै शुन्य भएको भने एक अर्कामा सिकाउँ न ।”

आजको लेखा समिति बैठकमा अख्तियारका सचिव नारायणप्रसाद शर्मा दुवाडीले बेरुजु शुन्य रहेको बताएका हुन् । उनले बेरुजु हुनु भनेको भ्रष्टाचारको संकेत समेत भएकाे बताएका थिए ।

परराष्ट्रसचिव राईले  विदेश स्थीत नियोगहरु सञ्चालन गर्दा कहिले कानून नियमहरु परिपालना गर्न गाह्रो हुँदा बेरुजु रहने गरेको बताए ।

उनकाअनुसार अप्ठ्यारा ऐन नियमहरु बोकेर हिडेका कारण बेरुजु प्रत्येक वर्ष बढेको हो । ऐनहरुलाई सहज बनाउनुप¥यो ।अहिले परराष्ट्र मन्त्रालय बेरुजु साढे ५ अर्ब रहेको छ ।

विदेशस्थित नियोगमा राजश्वहरु जम्मा गर्दा समयमै नदेखाइँदा देखिने गरेको राईले उल्लेख गरे । बेरुजु न्युनिकरण गर्दै जाने योजना परराष्ट्र मन्त्रालयको रहेको छ ।