झिनो अंकले घट्यो नेप्से


काठमाडौँ। साताको कारोबारको दोस्रो दिन सेयरबजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सेयर मापक सूचक नेप्से परिसूचक २.०७ अंकले घटेर २९६२.१३ अंकमा झरेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ ओटा उपसमुहमध्ये ४ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने ९ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

सोमबार शिवम् सिमेन्टको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ९२ करोड ५७ लाख ८२ हजार रुपैयाँ बढीको कारोबार भएको छ ।

आजको समता घरेलु लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

विन्धवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताहरुले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य ८.४९ प्रतिशतले घटेको छ ।

कुल ३२१ कम्पनीको ४ करोड ४१ लाख २४ हजार ९२४ कित्ता सेयर किनबेच हुँदा १९ अर्ब ३६ करोड ८ लाख ७३ हजार रुपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।