काठमाडाैँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले १० वर्षभित्र बाध्यात्मक वैदेशिक रोजगारीमा जाने अवस्थाको अन्त्य गर्ने बताएका छन् ।
सोमवार सिंहदरबारमा श्रम संसार नागरिक एप सार्वजनिक गर्दै उनले तयार भएको जनशक्तिसँग रोजगारसँग जोड्ने र श्रम बजारमा आन्तरिक रोजगार र वाह्य रोजगारको कुरालाई मध्यनजर राख्दै आगामी दशकलाई आन्तरिक रोजगार प्रवद्र्धन दशकका रुपमा अघि बढाएको बताए ।
उनले नेपालमै रोजगारी सिर्जना गर्ने र उद्यमशिलतासँग जोड्ने गरी अघि सरकार अघि बढेको पनि उल्लेख गरे । सरकारले लिएको रोजगारीको लक्ष्य पूरा गर्नेगरी अघि बढिरहेको उनकाे भनाइ छ ।
उनले नेपालको श्रम बजारको बारेमा नै विश्लेषणात्मक सूचनाको अभावले नागरिकहरु विदेशिएको परिस्थितिको अन्त्य गर्न सूचना प्रवाहलाई विस्तार गर्न जरुरी रहेको बताए ।
मन्त्री भण्डारीले सरकारले डिजिटल नेपालको अवधारणाअनुसार नेपालको सेवा प्रवाहरुलाई प्रभावकारी ढंगबाट अघि बढाइ प्रविधिमैत्री सेवा प्रवाह गरिरहेको उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्