काठमाडौँ । हिमालयन बैंक लिमिटेडको एफपीओ बाँडफाँड भएको छ । मंगलबार काठमाण्डौको कमलादीस्थित हिमालयन बैंकको कार्यालयमा बिहान ९ बजे एफपीओ बाँडफाँड भएको हो ।
बैंकको एफपीओमा कुल १८ लाख २५ हजार ९२२ आवेदकबाट ३ करोड ८५ लाख ९१ हजार १६० कित्ता सेयर खरिदका लागि आवेदन परेको बिक्री प्रबन्धक सिटिजन्स क्यापिटलले जनाएको छ ।
बिक्री प्रबन्धकका अनुसार ३ करोड ३३ लाख ८७ हजार ३४० कित्ता सेयर खरिदका लागि परेको १७ लाख ६ हजार ३११ आवेदन सदर भएको छ भने १ लाख १९ हजार ६११ आवेदन बदर भएको छ ।
सदर भएका आवेदकहरुमध्ये ९ लाख २५ हजार ४६ जना आवेदकलाई ९२ लाख ५० हजार ४६९ कित्ता सेयर बाँडफाँड गरिएको छ ।
जसमध्ये ९ लाख २५ हजार ४६ जनालाई हजार १० कित्ताका दरले ९२ लाख ५० हजार ४६० सय कित्ता सेयर बाँडफाँड गरिएको छ । बाँकी रहेको ९ कित्ता सेयर ९ जना १–१ कित्ता का दरले बाँडफाँड गरिएको छ ।
बैंकले गत असार ३२ गतेदेखि साउन ४ गतेसम्म १ अर्ब ४५ करोड २३ लाख २३ हजार रकमबराबर प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५७ रुपैयाँ प्रिमियम थप गरी जम्मा रु.१५७ दरका ९२ लाख ५० हजार ४६९ कित्ता सेयर एफपीओ जारी गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्