थाइल्याण्ड र कम्बोडिया युद्धविरामका लागि सहमत


काठमाडौँ । थाइल्याण्ड र कम्बोडिया युद्धविरामका लागि सहमत भएका छन् । दुई देशका नेताहरू सोमबार मध्यरातदेखि युद्धविराम लागू गर्न सहमत भएका हुन् ।
मलेसियाली प्रधानमन्त्री अनवर इब्राहिमले पुत्रजयामा आयोजना गरेको बैठकपछि दुई देशका नेताहरु युद्ध विरामका लागि सहमत भएका हुन् ।

कम्बोडिया र थाइल्याण्डबीच सीमा विवादका कारण तनाव बढेको थियो । यही तनावका बीच कम्बोडियाले थाइल्याण्डमाथि हवाई हमला गरेको थियो । दुईपक्षीय लडाइँमा कम्तिमा ३० जनाभन्दा बढीको मृत्यु भएको छ ।